You are viewing the translated version of दर घटाउन, बढाउन वा छुट दिन सक्ने.
Section 18
दर घटाउन, बढाउन वा छुट दिन सक्ने
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले आवश्यकता अनुसार यो ऐन र प्रचलित अन्य कानून बमोजिम लगाइएका दस्तुर, शुल्क, महसुल वा करको दर घटाउन, बढाउन वा त्यस्तो दस्तुर, शुल्क, महसुल वा कर आंशिक वा पूर्ण रूपमा छुट दिन सक्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार, अर्थ मन्त्रालयले मुनाफारहित सार्वजनिक तथा सामुदायिक संस्था, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहका निकाय वा नेपाल सरकारको स्वामित्व भएका सङ्गठित संस्थालाई यस ऐन बमोजिम लाग्ने दस्तुर, शुल्क, महसुल वा करको दर घटाउन वा त्यस्तो दस्तुर, शुल्क, महसुल वा कर आंशिक वा पूर्ण रूपमा छुट दिन सक्नेछ। (३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार, अर्थ मन्त्रालयले वैदेशिक त्र्ठण वा अनुदान. सहयोगमा सञ्चालन गरिने आयोजनाका लागि वा नेपाल सरकार वा लगानी बोर्डसँग भएको आयोजना विकास सम्झौता बमोजिम: परियोजना विकासका लागि आयोजना वा आयोजनाले नियुक्त गरेका ठेकेदारको नाममा पैठारी हुने मालवस्तुको पैठारीमा उल्लिखित शर्तको अधीनमा रही यस ऐन बमोजिम लाग्ने दस्तुर, शुल्क, महसुल वा करको दर घटाउन वा त्यस्तो दस्तुर, शुल्क, महसुल वा कर आंशिक वा पूर्ण रूपमा छुट दिन सक्नेछ।
(४) उपदफा (१), (२) र्. (३) बमोजिम दिइएको छुट सुविधाको कसैले दुरूपयोग गरेमा वा कुनै खास प्रयोजनको लागि छुट सुविधामा प्राप्त गरेको मालवस्तु अन्य कार्यमा प्रयोग गरेमा त्यसरी छुट दिइएको दस्तुर, शुल्क, महसुल वा कर रकम असुल गरी सो रकम बराबर जरिबाना गरी असुल गरिनेछ ।
(५) यस दफा बमोजिम करको दर घटाइएको, बढाइएको वा कुनै दस्तुर, शुल्क, .महसुल वा कर आंशिक वा पूर्ण रूपमा छुट दिइएको विवरण प्रत्येक वर्ष नेपाल सरकार, अर्थ मन्त्रालयले सङ्घीय संसदमा पेश गर्नु पर्नेछ।
(६) यस दफा बमोजिम दर घटाइएको, बढाइएको वा छुट दिइएको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।